arrow

गरिबीका कारण बालबालिका भर्ना नहुँदा चार सय निजी विद्यालय बन्द भएको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
school-closed.jpg.jpeg
तस्बिर– फाइल

काठमाडौं । अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिक लगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । 

निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए । 

त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उनको भनाइ छ । 

तालिबान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे ।

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाव अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तरराष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।  

मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ । 

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घर बाहिर एक्लै हिड्न नपाइने व्यवस्था गरिएको छ । 

यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिवान प्रशासनले भने अस्वीकार गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ