arrow

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैङ्क

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २६ बिहिबार
mbl-qr-code-pokhara-2022.jpg

काठमाडौँ। देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले पोखरा स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा  क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ।

डिजिटल बैङ्किङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले कास्की र म्याग्दीको पवित्र तीर्थ स्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टा छुट्टै दिनमा क्युआर कोड हस्तान्तरण गरेको थियो।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैङ्क पोखराका निर्देशक डा.राम शरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्य प्रसाद सुवेदी तथा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त क्युआर सेवाको सुरु गरेका थिए। उक्त कार्यक्रममा माछापुच्छ्रे बैङ्कका संस्थापक सञ्चालक स्व.सूर्य बहादुर केसीको श्रीमती प्रेमकुमारी केसी तथा बैङ्कका सञ्चालक वन्दना कार्कीको पनि उपस्थिति रहेको थियो।

साथै म्याग्दीको बेनी स्थित गलेश्वर शिवालय क्षेत्रमा आज भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैङ्क पोखराका निर्देशक डा.राम शरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी,बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त क्युआर सेवाको सुरु गरेका थिए।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीहरूले क्युआर कोड बाटै भेटी चढाउन सक्ने छन्। दशनार्थीहरूले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन्। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको बैङ्कले जनाएको छ।



नयाँ