शिखरको स्थानमा राहुललाई कप्तानी, यस्तो छ जिम्बावेविरुद्धको भारतीय टिम
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २७ शुक्रबार
966
Shares
तस्बिर– फाइल
काठमाडौं । जिम्बावे विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला खेल्ने टिममा फेरबदल भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कप्तानीमा फेरबदल गरेको हो । शिखर धवनलाई कप्तानी दिइएकामा बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि लाेकेश राहुलले कप्तानी गर्ने भएका हुन् ।
यसअघि राहुल कोभिड १९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए । भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय श्रृंखला खेल्नेछ ।
पहिलो एक दिवसीय हारेरमा अगस्त १८ मा हुनेछ ।
यस्तो छ भारतीय टिम–
लोकेश राहुल कप्तान, शिखर धवन उपकप्तान, ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुड्डा, राहुल त्रिपाठी, ईशान किशन, सन्जु स्यामसन, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, कुलदीप यादव, अक्षर पटेल, आवेश खान, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज र दीपक चाहर रहेका छन् ।