arrow

गाईका लागि महापुराण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
cow-worship.jpg

काठमाडौं । सडकमा असहाय छोडिएका गाईको संरक्षण एवं पितृ मुक्तिको सङ्कल्पले १०८ श्रीमद्भागवत महापुराण सुरु भएको छ । 

गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा रहेको दधिमथी गौ सेवा नेपालको आयोजनामा पितृ मुक्ति तथा गौ रक्षाका लागि महापुराण साउन ३० गतेदेखि सुरु भएको हो ।

 महापुराणबाट जम्मा भएको सहयोग सुन्ताखानमा संरक्षण गरिएका ४० गाईको सेवामा लगाइने गौ सेवाका संस्थापक अध्यक्ष नरत्न शर्मा दधिचीले राससलाई जानकारी दिए ।

संस्थाले छ वर्षअघिदेखि साढे दुई रोपनी जग्गा मासिक रु ५० हजार भाडामा लिई सडकमा छाडा छोडिएको असहाय गाईको संरक्षण गर्दै आएको छ । 

यी गाई संरक्षणको मुख्य स्रोत यस्तै यज्ञ, पूजा, पाठलगायत स्रोतबाट जम्मा गरिने संस्थाकी अध्यक्ष पूजा अग्रवालले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ