arrow

माछापुच्छ्रे बैङ्कद्वारा नेपाल नाई सङ्घलाई क्युआर कोड हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २ बिहिबार
mbl-barber-assocation-qr-code-2022.jpg

काठमाडौँ। देशका हरेक वर्ग र तहका ग्राहकहरू माझ डिजिटल सेवाको पहुँच पुर्‍याउने उद्देश्यले माछापुच्छ्रे बैङ्कले “नेपाल नाई सङ्घ” लाई क्युआर कोड हस्तान्तरण गरेको छ।

डिजिटल बैङ्किङमा आक्रामक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैङ्कले “नेपाल नाई सङ्घ” लाई क्युआर कोड हस्तान्तरण गरेको हो। देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरू लाभान्वित हुने उद्देश्यले बैङ्कले “नेपाल नाई सङ्घ” लाई क्युआर हस्तान्तरण गरेको हो।

राजधानीमा मङ्गलवार आयोजित एक औपचारिक कार्यक्रममा “नेपाल नाई सङ्घ” का अध्यक्ष राजाराम ठाकुरलाई बैङ्कका प्रमुख डिजिटल बैङ्किङ अधिकारी माधव सुवेदीले क्युआर हस्तान्तरण गरेका थिए।

उक्त क्युआर हस्तान्तरण पछि ग्राहकले “नेपाल नाई सङ्घ” मा आबद्ध सैलुन व्यवसायीबाट विभिन्न सेवा लिए बापत लाग्ने शुल्क आफ्नो मोबाइल बैङ्किङ एप मार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैङ्कले जनाएको छ। नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गई रहेको छ।



नयाँ