arrow

एमाले जुनसुकै गठबन्धनका विरुद्ध एक्लै लड्न सक्छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
kp-oli-balkot-meet.jpg

काठमाडौं। गृह जिल्ला झापा पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जति दल मिले पनि एमालेलाई पराजित गर्न नसक्ने बताएका छन् । 

बिहीबार विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले एमाले जुनसुकै गठबन्धनका विरुद्ध एक्लै लड्न सक्ने बताए । 

आगामी मङ्सिर ४ गतेको निर्वाचनमा एमालेले सबै खाले गठबन्धनलाई परास्त गर्ने उनको दावी छ । एमालेसँग लड्न भिड्न नसक्नेहरूले गठबन्धन बनाइरहेको उनले टिप्पणी गरेका छन् ।

एमालेलाई जनताको साथ रहेकाले केही फरक नपर्ने उनको भनाइ छ ।  एमालेले १६५ मा कम्तीमा बहुमत र समानुपातिकमा समेत बढी मत ल्याउने ओलीले दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ