arrow

ओलीसमक्ष आत्मसमर्पण गर्न नसकेको माधव नेपालको जिकीर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोलेको बताएका छन् । 

नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद विघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले बताए ।

उनले ओलीसँग बसिरहनुको विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उनले दाबी गरे । उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहँदैन थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौं ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको बताए ।

कार्यक्रममा उनले पार्टीको उद्धेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए । केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टाचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलीय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।

 उनले भने, ‘हामी यी व्यवहारमा रहँदैनौँ भनेर शुरुमै संकल्प गर्न जरुरी छ । यसको शुरुआत प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’

कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर नामअनुसार काम गर्न भने सक्नुपर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ