arrow

माछापुच्छ्रे बैङ्क र फेकनबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ५ आइतबार
mbl-fecon-mou.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्क र नि:शुल्क शैक्षिक परामर्श सङ्गठन नेपाल (फेकन) बीच विशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी व्यावसायिक सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे।

सम्झौता पश्चात् फेकनमा आबद्ध कन्सल्टेन्सीहरुलाइ बैङ्कले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैङ्किङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउने छ। बैङ्कले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सङ्घ तथा सङ्घमा आबद्ध कन्सल्टेन्सीहरूलाई निक्षेप खाता,  शैक्षिक कर्जा तथा अन्य बैङ्किङ सुविधाहरूमा विशेष सहुलियत प्रदान गर्नेछ।

साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरूबाट  सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सकिन् छन्।

माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैङ्किङ सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।



नयाँ