arrow

धम्की दिएको आरोपमा इमरान खानमाथि प्रहरी अनुसन्धान शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
imran-khan-pak.jpeg
तस्बिर– फाइल

इस्लामाबाद । पाकिस्तानको प्रहरीले देशका पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान शुरु गरेको छ । उनीमाथि प्रहरी र न्यायपालिकाविरुद्ध धम्की दिएको आरोप लागेको छ । शनिबार एक कार्यक्रममा उनले यी संस्थाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए ।

देशमा तनाव उच्च छ । खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् । अप्रिलमा सत्ताच्युत भएपछि खान सरकार र देशको सेनाको प्रखर आलोचक बनेका छन् । 

पूर्वक्रिकेटरसमेत रहेका खानले आफ्ना नजिकका सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान शुरु गरेको हो । उनका सहयोगी देशद्रोहको आरोपमा हिरासतमा छन् । 

खानले इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशलाई हिरासतमा राखेको र आफ्नो पार्टी सहकर्मीलाई दुव्र्यवहार गरेको आरोपको निन्दा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ