arrow

इमरान विरुद्ध वारेन्ट जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
imran-khan-pakistan-2022.jpg

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विरुद्ध आतङ्कवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामवादको एक र्‍यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीहरूलाई खुलेआम धम्की दिएका थिए।

यसैबीच इमरानको पार्टी पीटीआईको कानुनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामवाद उच्च अदालतमा जमानतको निवेदन दर्ता गरिसकेको छ। जियो न्युजका अनुसार 'इमरान खानको कुनै आपराधिक रेकर्ड छैन र न त उनी कहिल्यै कुनै अपराधमा दोषी ठहरिएका छन्' भनी याचिका दायर गरिएको छ । 

खानका समर्थकहरूले उनको घर बाहिर भेला भएर इमरानलाई गिरफ्तार गरिए कब्जा गर्ने चेतावनी दिएका छन् ।

पाकिस्तान इलेकट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले इमरान खानको भाषणको प्रत्यक्ष प्रसारणमा तत्काल प्रतिबन्ध लगाएको छ। प्रहरीले पनि कानुनी कारबाही अगाडि बढाएको छ ।

अथोरिटीका अनुसार खानले संविधानको धारा १९ को उल्लङ्घन गरेका छन् । इमरान खानले देशको सेना, प्रहरी र न्यायपालिकामाथि लगातार आधारहीन आरोप लगाइरहेका छन् । उनको भाषणले घृणा फैलाइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ