arrow

माधव नेपाल भन्छन् – आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । 

एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर  चुनावमा जाने तयारीमा छन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । 

यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ