arrow

गठबन्धन बैठक : सिट बाँडफाँटबारे लागेन टुङ्गो, बुधवार पुनः बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
5-five-parties-meet-election.jpg

काठमाडौँ। सिट बाँडफाँटबारे टुङ्गो लगाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलका सदस्यहरूको सहभागिता थियो। तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुङ्गो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन्। तर उनीहरू सहमतिमा पुग्न सकेका छैनन्।

आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो। बैठक भोलि (बुधवार) पुनः बस्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ