arrow

२३४ जना नेपालीलाई डाइभर्सिटी भिसा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
us-embassy-kathmandu.jpg

काठमाडौं । गत महिना जुलाईमा २३४ जना नेपाली डिभी विजेताहरूले अमेरिकाको डाइभर्सिटी भिसा पाएका छन् । जसमध्ये अमेरिकी दूतावास काठमाडौंबाट डाइभर्सिटी भिसा पाउनेहरू २२९ जना रहेको तथ्याङ्क अमेरिकी सरकार विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार आर्थिक वर्ष सन् २०२२ का लागि ३८०२ जना नेपालीहरूले डिभी लोटरी पारेका छन् । जुन एसियामा नै दोस्रो हो । 


अमेरिकाले हरेक वर्ष डिभीबाट कति व्यक्ति अमेरिका आउन पाउने भन्ने कुराको निर्धारण गर्छ । गणना पूर्ण भइसकेपछि अमेरिका सरकारी निकायले त्यस्तो नम्बरको घोषणा गर्छ । तर कुनै पनि देशबाट कुल सङ्ख्याको ७ प्रतिशतभन्दा बढी व्यक्ति डाइभर्सिटी भिसामा अमेरिका आउन नपाउने नियम रहेको छ । जुन सङ्ख्या झण्डै ३८ सय हो ।

कुल ६६२ जनाले अप्रिलमा डाइभर्सिटी भिसा पाएकोमा काठमाडौंबाट पाउनेहरू ६४६ जना रहेका थिए । मार्चमा कुल ३०४ जना नेपालीले डाइभर्सिटी भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंले २९४ जना डिभी विजेताहरूलाई भिसा जारी गरेको थियो ।

हालसम्म १ हजार ६१६ जना नेपालीहरूले डाइभर्सिटी भिसा पाएका छन् । यो सङ्ख्या प्राथमिक डिभी विजेताहरू र उनीहरूका आश्रितहरू समेत जोड्दा हो । डिभी २०२२ का विजेताहरूले आगामी सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्ने प्रावधान रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ