arrow

इमरान खानको पूर्व गिरफ्तारी जमानत अदालतबाट स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
imran-khan-pak.jpeg

पाकिस्तान । इस्लामावादको एक आतंकवाद विरोधी अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई सेप्टेम्बर १ सम्मका लागि पक्राउ पूर्व जमानत स्वीकृत गरेको छ।

पीटीआईका प्रमुख खानलाई अन्तरिम जमानत दिने क्रममा प्रहरीले सेप्टेम्बर १ सम्म इमरानलाई पक्राउ गर्न रोक लगाएको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीलाई गत हप्ता इस्लामावादमा एक सार्वजनिक सभामा न्यायाधीश र दुई उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई धम्की दिएको आरोपमा मुद्दा दायर गरिएको थियो। इमरानमाथि आतंकवाद विरोधी ऐन (एटीए) अन्तर्गत मुद्दा लगाइएको थियो। 

इमरानका वकिलहरूले पछि गिरफ्तारी पूर्व जमानतको लागि अदालतमा निवेदन पेश गरेका थिए । न्यायाधीशले उनलाई अगस्ट २५ सम्म सुरक्षित जमानत दिएको छ।

इस्लामाबादमा सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको आरोपमा इमरान खानमाथि अर्को आरोपमा पनि मुद्दा दायर गरिएको थियो। इमरानको पाकिस्तान तहरीक ए इन्साफ पार्टीका पदाधिकारीहरूलाई पनि नियम उल्लंघन गरेको आरोप लगाइएको थियो। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ