arrow

नेपाल–भारत सम्बन्ध

भारतीय सेना प्रमुख नेपाल आउँदै, अग्निपथ अन्तर्गत नै गोर्खा भर्तीलाई निरन्तरता

logo
प्रकाशचन्द्र जोशी
प्रकाशित २०७९ भदौ १० शुक्रबार
gurkha-soldiers-india.jpg

काठमाडौं । भारतले त्यहाँ नै विवादमा परेको अग्निपथ योजना अन्तर्गत नै गोर्खा गोर्खा रेजिमेन्ट भर्तीलाई निरन्तरता दिने स्पष्ट पारेको छ । बिहीबार भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतीय सेनाले लामो समयदेखि नेपालबाट गोर्खा सैनिक भर्ती गर्दै आएको र नयाँ शुरु गरिएको अग्निपथ भर्ती योजनाअन्तर्गत यो अभ्यास जारी रहने बताएका हुन् ।

'हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा सिपाहीहरू भर्ती गर्दै आएका छौं र हामी अग्निपथ योजना अन्तर्गत गोर्खा सिपाहीहरूलाई भारतीय सेनामा भर्ती गर्न जारी राख्छौं,' बागचीले साताव्यापी मिडिया ब्रिफिङका क्रममा बोल्दै भनेका छन् ।

भारतीय सेनाको गोर्खा रेजिमेन्टमा ४३ वटा बटालियन छन् र त्यसमा भारतीय सैनिक र नेपालबाट भर्ती भएकाहरू सैनिक समावेश छन् ।भारतले जुन १४ मा घोषणा गरेको अग्निपथ योजनाले १७ देखि साढे २१ वर्ष उमेर समूहका युवाहरूलाई केवल चार वर्षको लागि भर्ना गर्ने प्रावधान राखिएको छ । त्यसमध्ये २५ प्रतिशतले मात्रै थप १५ वर्ष सेवाको अवसर पाउने छन् र अवकास पाउनेछन् ।

४ वर्षसम्म मात्रै भर्ना लिएका युवाहरु त्यसपछि घर न घाटको हुने भन्दै यसको भारतभर विरोध भएको थियो । तर भारतले यसले दक्ष र क्षमतावान युवा सामाजमा फर्किने र रोजगारीको अवसर बढाउने भनेको छ । यसरी अग्निथप अन्तर्गत चार वर्षे सेवा गरेका युवालाई अग्निवीर भनिने भारतले जनाएको छ ।

नेपालमा अग्निथप अन्तर्गत भर्ना स्थगित

नेपालमा अग्निपथ योजनाले गोर्खा भर्ती सम्बन्धी नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको सम्झौता उल्लंघन गरेको भन्दै अन्योलता सिर्जना भएको छ । 

तर, परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले यसअघि नै जेठ ३१ गते पत्र पठाएको थियो । सरकारले सो पत्रको जवाफ अहिलेसम्म पठाएको छैन् । 

अगस्त २५ देखि बुटवल र सेप्टेम्बर १ देखि धरानमा अग्निपथ अन्तर्गत गोर्खा भर्ती हुने तय गरिएको थियो ।

तर परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोलाएर अग्निपथबारे स्पष्ट नभएकाले तत्काल नेपाली भर्ती नहुने भनेपछि गोर्खा भर्ती स्थगित भएको छ । अग्निपथ अन्तर्गत गोर्खा रेजिमेन्टमा भर्नाका लागि बुटवल पुगेकाहरु घर फिर्ता भएका छन् ।

भारतीय सेना प्रमुख नेपाल आउँदा छलफल हुन सक्ने

यसबीच भदौ १९ गते भारतीय सेना प्रमुख मनोज पाण्डे औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले भारतीय सेना प्रमुख पाण्डे पाँच दिने भ्रमणमा नेपाल आउन लागेको बताएका हुन् ।

भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम  रहेको छ । सेना प्रमुख भएपछि पाण्डे पहिलो पटक नेपाल आउन लागेका पाण्डेले नेपाली सेनाका अधिकारीहरूसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने बताइएको छ । यस्तै भारतीय सेना प्रमुख पाण्डेको भ्रमणका क्रममा अग्निपथ योजना र गोर्खा भर्तीको बिषयमा समेत छलफल हुनसक्ने बताइएको छ ।

तथापि सेनाका प्रवक्ता सिलवालले भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । '१९ गतेदेखि २३ गतेसम्म भ्रमणमा आउने तय भएको छ । सरकारका अन्य विषयहरुबारे अहिले औपचारिक रुपमा जानकारी भएन,' उनले भनेका छन् ।

भारतले आफूले अघि सारेको अग्निपथ योजना अन्तर्गत नै नेपालबाट गोर्खा भर्ती अघि बढाउने भनिसकेको अवस्थामा अब, सरकारले कुन किसिमले वार्ता गरेर निश्कर्षमा पुग्छ भन्ने विषय हेर्न बाँकी छ ।

के हो 'अग्निपथ स्किम' जसले भारतमा निम्त्याएको छ देशव्यापी आन्दोलन ?

अग्निपथ अन्तर्गत सेवा सुविधा के छ ?

पहिलो वर्ष भर्ना हुँदा मासिक ३० हजार भारतीय रुपैयाँ तलब रहने अग्निथप योजना अन्तर्गत ७० प्रतिशत अर्थात् २१ हजार रुपैयाँ हातमा आउने छ र बाँकी ९ हजार कोषमा जम्मा हुनेछ । भारत सरकारले आफ्नोतर्फबाट पनि ९ हजार सो कोषमा जम्मा गरिदिनेछ ।

दोस्रो वर्ष मासिक तलब ३३ हजार हुनेछ ७० प्रतिशत २३ हजार १०० हातमा आउनेछ र ९ हजार ९ सय कोषमा जम्मा हुनेछ । भारतले सरकारले पनि ९ हजार ९ सय को भारतीय रुपैयाँ कोषमा जम्मा गरिदिनेछ ।

यस्तै तेस्रो वर्ष मासिक ३६ हजार ५ सय तलब हुनेछ २५ हजार ५ सय ८० हातमा आउनेछ र १० हजार ९ सय ५० कोषमा जम्मा हुनेछ । भारत सरकारले पनि १० हजार ९ सय ५० कोषमा जम्मा गरिदिनेछ ।

अन्तिम अर्थात् चौंथो वर्षमा मासिक ४० हजार भारतीय रुपैयाँ तलब हुनेछ २८ हजार हातमा आउनेछ १२ हजार कोषमा जम्मा हुनेछ । भारत सरकारले पनि १२ हजार रुपैयाँ कोषमा जम्मा गरिदिनेछ ।

चार वर्षपछि बिदा हुने बेला यसरी कोषमा जम्मा भएको ११ लाख ७१ हजार भारतीय रुपैयाँ ब्यजासहित ‘सेवा निधि’ प्याकेज भनेर अग्निपथ योजना अन्तर्गत भर्ना भएका अग्निवीरलाई दिइनेछ । यो रकममा कर भने लाग्ने छैन ।

अग्निपथको विरोध : धारा १४४ लगाइयो, बिहारमा उच्च सतर्कता

भारत बन्दः अग्निपथको विरोध, बिहारका २० जिल्लामा इन्टरनेट सेवामा रोक, अग्निपथ शुरु नराेकिने



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ