arrow

विश्वास गुमाउँदै चीन

एकपक्षीय चिनियाँ नाकाबन्दीले नेपाली व्यवसायी मारमा, 'नेपालको हितमा चीन काम गर्न चाहँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
china-nepal-mou-airport.jpg

काठमाडौँ। चीनको वुहानमा सन् २०१९ मा पहिलो पटक कोरोना सङ्क्रमणको प्रकोप देखिए पनि तीन वर्ष पुग्नै लाग्दा पनि सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन। कोरोना महामारीले विश्वभर करोडौँ मानिसहरू सङ्क्रमित भएका छन् भने लाखौँ मानिसहरूको मृत्यु भइसकेको छ। चीनले यसको उत्पत्ति र फैलावटबारे हालसम्म कुनै जानकारी दिएको छैन।

चिनियाँ सेनाले कोरोना प्रयोगशालामा निर्माण गरेको बताइए पनि यसको पुष्टि हुन सकेको छैन। चीनले कोरोना नियन्त्रणका लागि शून्य कोभिड नीति लिएको छ। चीनका नागरिकहरूलाई घरभित्रै थुनिएको छ। यससँगै सीमा नाकामा लगाइएको प्रतिबन्धले छिमेकी मुलुकहरूलाई पनि असर गरिरहेको छ।

चीनले कोरोना महामारीका नाममा नेपालसँगको नाकामा लगाएको प्रतिबन्धको ३० महिना पूरा भइसकेको छ। यद्यपि चीनले नाका खोल्ने कुनै सङ्केत देखाएको छैन। भूपरिवेष्टितबाट भू जडित मुलुक घोषणा गरेको चीन सरकारको निरन्तरको अवरोधका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिन थालेको छ।

नेपाल चीन व्यापारमा संलग्न व्यवसायी, चीन सरकारले विभिन्न बहाना बाजी गरेर तातोपानी र केरुङ नाकाबाट निर्वाद भइरहेको व्यापारलाई अघोषित रूपमा तहसनहस बनाएको छ। नेपाल हिमालय सिम पार वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरुङ दुवै नाकाबाट सहज रूपमा सामान आयात हुने मौसम मै फेरि नाकाबन्दी गर्दा ठूलो घाटा व्यहोर्नु परेको बताएका छन्।

नेपालीहरूका चाडबाड नजिकिएसँगै बजारमा सामानको माग हुन्छ। चीनबाट दसैँ तिहारका लागि आवश्यक लुगा कपडा तथा अन्य सामग्रीहरू आयात हुने समयमा चीनले नाका बन्द गर्दा नेपाली व्यवसायीहरू ठूलो मारमा परेका हुन्। सम्पूर्ण विश्वले अहिले कोरोनाको खोप लगाउने, स्वास्थ्य मापदण्ड पालना गर्ने र नर्मल जीवनशैलीमा फर्किन थालिसकेको अवस्थामा चीनले भने नियतवश नाकाबन्दी गरेर नेपाललाई दबाब सिर्जना गरिरहेको छ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार तातोपानी नाका नियमित नहुँदा चीन सरकारले करोडौँ खर्चेर निर्माण गरिदिएको लार्चाको सुक्खा बन्दरगाहसमेत प्रयोगविहीन बनेको छ। तातोपानी नाका उस्तै छ, महिनौँ लागेर केरुङ पुगेका कन्टेनरहरू सीमामै अलपत्र छन्।

व्यवसायीले चीनले लोड भइसकेका सामान ल्याउन अवरोध पुर्‍याएर निरन्तर नेपालमाथि अघोषित नाकाबन्दी गरेको भन्दै सरकारलाई धेरै पटक गुहारेका छन्। यो बीचमा चीनबाट भएको उच्चस्तरीय भ्रमणमा तातोपानी र केरुङ नाकाको अवरोध हटाएर आयात निर्यात सहज बनाउनुपर्ने विषय उठेको पनि छ। तर, उच्चस्तरीय भ्रमणपछि पनि चीनले नेपाली व्यवसायीको कन्टेनर नेपाल पठाउने प्रक्रिया सहज बनाएको छैन।

यसका कारण चीनमा नेपालको विश्वसनीयता गुम्नुका साथै चीनले नेपालको हितमा काम गर्न नचाएको भन्दै चर्को आलोचनासमेत हुने गरेको छ। यसअघि नेपालका व्यवसायीहरूले तातोपानी नाका पुगेर चीनविरुद्ध नाराबाजीसमेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ