arrow

यस वर्षको मदन पुरस्कार अग्नि र जगम्दबा श्री दुर्गाप्रसादलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ११ शनिबार
agni-navaraj-lamsal.jpg

काठमाडौं । यस वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित हुने ‘उदय’ का सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । यस्तै मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

८२ वर्षीय श्रेष्ठ कथा, कविता, निबन्ध, उपन्यास र समालोचनामा कलम चलाउँदै आएका छन् । मदन पुरस्कार गुठीको शनिबार बसेको बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृतिको प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि गुठीले २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये पुरस्कारको प्रतिस्पर्धामा रहेका श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको थियो । जसमा लम्सालको अग्नि‚ दामोदर पुडासैनी ‘किशोर’ को ग्रीष्मको नीलो बतास‚ वसन्त बस्नेतको महाभारा‚ दीपा मेवाहाङ राईको यादको सन्दुक‚ नारायण पौडेलको लिच्छवि लिपि‚ नीलमणि ढुङ्गनाको व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश‚ सुजित मैनालीको सतीः इतिहास र मीमांसा तथा पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ