arrow

नाचगानपछि एमाले निर्वाचन कमिटीको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
uml-cpn.jpg

काठमाडौं । तिजको रमाइलो सकेपछि नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आज बस्दै छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । 

बैठकमा नजिकिँदै गरेको सङ्घ र प्रदेश निर्वाचनलाई लक्षित गरी विभिन्न योजना तय गर्ने तयारी छ । कमिटीमा केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय निकाय (परिषद् र आयोग) का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिवहरू र पार्टीका केन्द्रीय विभागका सचिवहरू सदस्य रहेका छन् । 

यसअघि हिजो केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको थियो । बैठकले प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रूपमा अघि सार्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको थियो ।

सोही साँझ अध्यक्ष ओलीले नेकपा एमालेका केन्द्रीय सदस्यलाई पाँच तारे होटेलमा रात्रि भोज दिएका थिए । तीजको अवसरमा केन्द्रीय सदस्यहरूलाई दिएको रात्रि भोजमा ओलीले गिटार र हार्मोनियम बजाउनका साथै छमछमी नाचेका पनि थिए । 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ