arrow

सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन : महासेठ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १४ मंगलबार
raghubi-minister.jpg

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएको आरोप लगाएका छन् । सोमवार राजधानीमा महासेठले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकुल नभएको बताए ।

उनले भने,' यो गठबन्धन लोभी पापीहरू र राष्ट्रघातीहरूको गठबन्धन हो । यदि यो राष्ट्रघातीको गठबन्धन होइन भने, राष्ट्रको स्वाभिमानलाई तजोबध गर्नेगरि विदेशी भूमिमा नेपालका भिआइपीहरू, विदेशी प्रतिनिधिलाई राखेर जुन सम्झौता गरेर नेपाल फर्किनुभएको छ । फर्कने बित्तिकै जुन प्रकारले, जलस्रोततर्फ पश्चिम सेती र सेती ६ परियोजना भारतीयलाई बुझाउने काम गरेको छ । यसले एमालेलाई मात्रै होइन, सबै नेपालीलाई दुःखी तुल्याएको छ ।'

उनले भने,'गठबन्धनमा आबद्ध दललाई आफ्नो दलको मात्रै चिन्ता छ । कुर्सी र सरकार प्यारो भएको छ ? कि जनता प्यारो छ त ? यसो हेर्दा, एकातिर एमाले छ भने अर्कोतिर गठबन्धन, उहाँहरू पाँच दल मात्रै होइन ७ दल एकै ठाउँमा आउने सोच्दै हुनुहुन्छ ।'

आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै लड्ने बताए । एमालेले यस पटकको चुनावलाई गम्भीर रूपमा लिएको छ । हामीले यस पटकको बैठकले एमालेले एक्लै चुनावको तयारी गर्नेगरि अघि बढेका छौं । केन्द्रीय निकायदेखि टोल कमिटीसम्मलाई आवश्यक निर्देशन दिइसकेको छ । यद्धपी हामीले स्थानीय तहमा भने कुनै–कुनै ठाउँमा, स्थानीय नेताले तालमेल गर्न इच्छा जाहेर गरे, पार्टीले त्यसमा बाधा अड्चन गर्दैन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ