कांग्रेसले प्रदीप गिरीको १३ औं दिनमा शोकसभा गर्दैै
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
2.1k
Shares
काठमाडौं । समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, निष्ठावान नेपाली कांग्रेसका त्यागी नेता, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य बहुआयामिक व्यक्तित्व प्रदीप गिरीको स्वर्गारोहणको तेह्रौं दिनमा पार्टीले शोकसभा आयोजना गर्ने भएको छ ।
कांग्रेसले बिहीबार दिउँसो ३ बजे राष्ट्रिय सभामा शोकसभाको आयोजना गर्न लागेको जनाएको छ । उक्त शोक सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख अतिथि हुनेछन् ।
नेता गिरीको गत भदौ ४ गते राति घाँटीको क्यान्सरबाट ७४ वर्षको उमेरमा निधन भएको थियो ।