- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आगामी मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्य रहने बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्दै छ ।
बुधवारको बैठकमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुगेका छन्। सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन निष्कर्षको नजिक पुगेका बताएका छन् ।
आज ११ बजे बैठक बस्ने र निर्णय सार्वजनिक गर्ने उनले बताए। उनका अनुसार सिट बाँडफाँटको विषयमा विभिन्न खाकामा छलफल भएको छ।
आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुङ्गो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुङ्गोमा अझै पुर्याउन सकेको छैन ।