arrow

केपी ओलीको विश्वास –आउने निर्वाचनको नतिजापछि एमालेको सरकार बन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १८ शनिबार
kp-sharma-oli-2079-04-04.jpg

इनरुवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले क्षेत्र नं ३ ले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टीले जनमत प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

एक वर्षमा सरकारले विकास निर्माणका आयोजनाहरू कटौती गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी सुरक्षा, बराबरी अवसर, बराबरी सम्मानका आधारमा राष्ट्रिय एकता कायम गरेर एकता प्रबद्ध प्रयासद्वारा नेपाललाई विश्वको नमूना राष्ट्रिय बनाउन सकिने विश्वास व्यक्त गरे । 

फरक प्रसङ्गमा अध्यक्ष ओलीले मङ्सिर ४ गतेको निर्वाचनमा देश, जनता, लोकतन्त्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताले नहार्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ