arrow

तीन दिनसम्म भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
climate.jpg

काठमाडौं । अबको तीन दिन सम्म देशका विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। 

बागमती प्रदेशका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज  प्रदेश नं१ का एक-दुई स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि  दिउँसो   देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।   

मङ्गलवार आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश  र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

निम्न स्थानहरूमा वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ