arrow

म्याग्दीबाट को को भए सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
Myagdi_District.png

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरुले आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया थालेका छन् । 

प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाक्षीहरुको तल्लो कमिटिबाट नाम संकलन गरेर छनौटको प्रक्रिया अघि बढाएका हुन् । नेपाली कांग्रेसले आकाक्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाक्षीको नाम संकलन गरेको छ । नेकपा (एकिकृत समाजवादी) र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन् । 

नेकपा (एमाले) ले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारको विवरण संकलन गरेको छ । एमालेबाट प्रदेशसभा क्षेत्र (क)मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमुकमारी पु, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दावी पेश गरेका छन् । 

समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानिया, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दावी गरेका छन् । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संबिधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटि सदस्य रामचन्द्र गौतम, नेताहरु यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकाले दावी गरेका छन् । 

समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गरेका छन् । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधीसभाको प्रत्यक्ष र समानुपातिकका आकाक्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटि बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताए । 

कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधि समेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्य समितिको बैठकमा उम्मेदवार बन्न आकांक्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधान सभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उप-सभापति कर्णबहादुर भण्डारी (केवी) सिफारिस हुनुभएको जिल्ला सचिब हिरा पुनले जानकारी दिए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हिराबहादुर पुन, मनकुमारी विश्वकर्मा, विनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भिमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस भएका छन् ।

सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस भएका छन् ।  समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देविकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ । 

नेकपा (एकिकृत समाजवादी) म्याग्दीले प्रतिनिधीसभाको प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रिय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्रि पुन (दिलु तिलिजा), देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ । 

प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानिया, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस भएका छन् । प्रदेशसभा क्षेत्र (ख)मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाईजा र कल्पना सापकोटा सिफारिस भएका छन् । 

माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदमा संबिधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटिका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रिय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दावी प्रस्तुत गरेका छन् । 

प्रदेश सभा ‘क’ मा हरि बहादुर भण्डारी, धनलाल जैसी, बागविर पाईजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झक बहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उमेद्वारमा दावी गरेका छन् । 

समानुपातिकतर्फ संघमा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर बिक, यामन रोका, गौरी सेन्चुरी र सुकमायाँ रोकाले उम्मेदवार बन्न दावी पेश गरेको सो पार्टीले जनाएको छ । राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उमेद्वारका लागि सिफारिस गरेको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ