arrow

नेपालमा चिनियाँ नेताहरुको मोह, ली झान्सु चार दिनका लागि आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १९ आइतबार
lee-jhanshu-ली झान्सु.jpg

काठमाडौं । चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु चार दिने नेपाल भ्रमणको सिलसिलामा भदौ २७ गते नेपाल आउने भएका छन् । लीको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी गरेको हो । 

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको औपचारिक निमन्त्रणमा ली नेपाल आउन लागेका हुन् । परराष्ट्रका अनुसार भदौ २७ गते सभामुख सापकोटा र चिनियाँ कंग्रेसका स्थायी समिति अध्यक्ष लीबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ । सोही दिन सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । 

नेपाल भ्रमणका बेला लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भदौ २९ गते र प्रधानमन्त्री शेरबहादुर देउवासँग भदौ १३ गते शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । 

भदौ १३ गते नै लीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्नेछन् । नेपालमा रहँदा लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । ली नेपाल भ्रमण सम्पन्न गरी भदौ ३० गते स्वदेश फर्कने छन् । 

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै गर्दा चिनियाँ नेताको नेपाल भ्रमणलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । पछिल्लो समय चिनियाँ नेताहरुको नेपाल भ्रमण बाक्लिदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ