arrow

सत्ता गठबन्धनको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २० सोमबार
5-parti-meet.jpg

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बैठक बोलाइएको छ । 

बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ । 

 मङ्गलवारसम्ममा सिट बाँडफाँटको टुङ्गो लगाउने कार्यदलका सदस्य समेत रहेका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

कार्यदलले सङ्घ र प्रदेशको सिट बाँडफाँटको सङ्ख्याका साथै निर्वाचन क्षेत्रको पनि एकैसाथ टुङ्गो लगाउने तयारी गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ