- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै छ । कार्यदल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे बस्ने बैठकमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश टुङ्ग्याउदै छ ।
बैठकले सिट बाँडफाँट टुङ्गो लगाएर शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाउने तयारी छ ।
सोमबार बसेको बैठकमा मङ्गलवार निष्कर्षमा पुग्ने सहमति भएको थियो । कांग्रेस नेता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल भएको थियो ।
कार्यदलमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक, कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन सदस्य छन् ।