arrow

विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन घोषणापत्र तयारी समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
bishwaprakash-sharma1.jpg

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा शर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि स्थानीय तहको निर्वाचनका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयार गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ