arrow

के चीनले छिमेकीको कर्तव्य निभाउँदै छ ? चाड आयो सामान रोकिदियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २२ बुधबार
nepal-china-news-flag.jpeg

चौतारा । दशैंका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान तिब्बत क्षेत्रमै रोकिएका छन् । दशैंका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले जानकारी दिए । 

उनका अनुसार झण्डै ५० कन्टेनर स्याउ कुहिने अवस्थामा पुगेको छ । नेपालका लागि स्याउ ल्याउने व्यापारी सबै चिनियाँ नै हुन् । कोरोना संक्रमण फैलिएपछि तिब्बत क्षेत्रमा लकडाउन जारी रहेकाले चिनियाँ मुख्यभूमिबाट ल्हासा आउने ढुवानीको गाडी तत्कालका लागि उतै रोक्न चीन सरकारले आदेश गरेको छ । 

दुई सयभन्दा बढी कन्टेनर केरुङ र करिब एक सय कन्टेनर खासा नाकामा रोकिएका अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार मिम्बुमा ३०, सिगात्सेमा २५ र ल्हासामा पनि केही गाडी रोकिएका छन् । 

चीनले नाकाबन्दी गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताए । गौतमका अनुसार चीन स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोनाका कारण ८ अगस्तदेखि लगाएको लकडाउन अझै जारी  छ । 

आयात रोकिँदा बजारमा रहेका सामान क्रेडिटमा रहेको र बैंकले पनि ऋण दिन छोडेकाले उत्तरी नाकामा काम गर्ने व्यापारी समस्यामा परेको नेपाली व्यापारी सुवास तिमल्सिनाले गुनासो गरे । 

चीनले पटक पटक नेपाल ल्याउने सामान रोक्दै आएको छ । प्रश्न उब्जिएको छ कि के चीनले छिमेकीको कर्तव्य निभाउँदै छ त ? 

चीनले नेपालबाट एक नीतिको नीतिमा राजी गराएको छ । नेपालको चीन नीति पनि यसमै स्पष्ट छ । तर के चीनले छिमेकीप्रति निभाउनु पर्ने भूमिका निभाएको छ त ? यो प्रश्नको जवाफ सरकारले माग्ने आँट गर्न सकेको छैन । 

विपक्षी दलसहितका कम्युनिष्ट दलहरुले पनि चीनसँग प्रश्न सोध्ने आँट गरेका छैनन् । (राससको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ