- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माछापुच्छ्रे बैङ्क र फुडमाण्डु बीच व्यावसायिक सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार माछापुच्छ्रे बैङ्क फुडमाण्डु प्रालिको आधिकारिक बैङ्किङ पार्टनर हुनेछ। फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैङ्कको तर्फबाट चिफ बिजनेस अफिसर टिका भट्टराईले, बैङ्कका चिफ डिजिटल बैङ्किङ अफिसर माधव सुवेदीको उपस्थितिमा हस्ताक्षर गरे।
साथै माछापुच्छ्रे बैङ्कका ग्राहकहरूले फुडमाण्डुमा आबद्ध भएका विभिन्न होटेल तथा रेस्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाइन मार्फत बैङ्कको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०प्रतिशत (बढीमा तीन सय रुपैयाँ) सम्मको क्यासब्याक पाउन सक्नेछन्।
बैङ्कले आउँदै गरेको दसैँ तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखी ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ।
बैङ्कले देशभर रहेका विभिन्न सङ्घसंस्था तथा व्यापार व्यवसाय सँग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरूलाई आकर्षक छुट प्रदान गर्दै आएको छ।
माछापुच्छ्रे बैङ्कले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैङ्किङ सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ।