arrow

२५ वर्षपछि टेकुको फोहर स्टेसन सफा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
teku-waste--management-land-field.jpg

काठमाडौँ। साढे दुई दशकदेखि काठमाडौँमा फोहरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् ।

गत चैतयता काठमाडौँमा पटक पटक फोहर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहर थुप्रिएको थियो ।

त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहर थुप्रिँदै आएको थियो । फोहरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । 

तर, केही दिनयता टेकुको फोहर सबै उठेको छ। फोहरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौँ महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहर छुट्टाउन अनुरोध गरेसँगै अहिले फोहर व्यवस्थापनमा सहज हुँदैछ ।

त्यसमा पनि महानगर प्रमुख वालेन्द्र साह बालेनले फोहर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौँका सडकमा फोहर देखिन छाडेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ