arrow

कस्तो घोषणापत्र बनाउँदैछन् विश्वप्रकाश शर्माले ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
bishwaprakash-jeewan-badri.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणा पत्र विश्वास गर्न लायक बनाउने बताएका छन् । आगामी प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कांग्रेसको घोषणा पत्र तयार समितिका संयोजक शर्माले पार्टीको घोषणा पत्रमा विश्वास गर्न सकिने संकल्प र अठोटलाई प्रधान बनाउने बताएका हुन् । 

महामानव वीपी कोइरालाको १०९ औं जन्मजयन्तीको अवसरमा शुक्रबार सुन्दरीजल पुगेर महामन्त्री शर्माले कांग्रेसको घोषणा पत्रमा सस्तो लोकप्रियताले स्थान नपाउने स्पष्ट पार्दै भने, ‘‘अब हामी घोषणा पत्र लेखन शुरु गर्नेछौं। कांग्रेसको घोषणा पत्रमा सस्तो लोकप्रियताको भ्रमलाई स्थान हुनेछैन । जिम्मेवार सोच एवं भरोसा गर्न सकिने संकल्प र अठोटको प्रधानता रहनेछ ।’

उनले वीपीले स्थापनाकालम लेखेको दस्तावेज र २०१५ सालको घोषणापत्रलगायत पछिल्लो अवधिसम्मका दस्तावेजको गहिरो अध्ययन गरी अबको घोषणापत्र निर्माण गरिने बताए । 

सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँगै सुन्दरीजल पुगेका महामन्त्री शर्माले वीपीको शालिकमा माल्यार्पण गरेका थिए । त्यस्तै गत वर्ष शर्माले रोपेको रुद्राक्षको बिरुवामा पानी हालेका थिए । 



नयाँ