- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको बैठक शनिबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको हो ।
बालुवाटारमा गठबन्धनको बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको हो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।
सिट बाँडफाँटका लागि गठन भएको कार्यदलले गठबन्धनका शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाइसकेको छ । बैठकबाट शीर्ष नेताले सिट बाँडफाँट गरी टुंगो लगाउने बताइएको छ ।
तर लामो समयदेखिको गृहकार्य अहिलेसम्म निचोडमा आइपुगेको छैन । नेताहरु बन्द कोठामा बसेर समाधान गर्नुको सट्टा बाहिरी कार्यक्रममा अनावश्यक बोलेरै सम्बन्ध चिस्याउने काम गरिरहेको बुझ्न सकिन्छ ।
दलहरु हैसियतभन्दा माथि उठेर माग गरेकाले पनि बाँडफाँट प्रक्रिया समाधान भन्दा समस्या उन्मुख भएको पाइन्छ ।