arrow

केपी ओली पोखरा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २५ शनिबार
kp oli pokhara.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई संवोधन गर्न अध्यक्ष ओली भदौ २८ गते पोखरा आउने भएका हुन् । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा ५० जिल्ला र १६ वटा तमु संघसंस्थाबाट ६५० जना प्रतिनिधि सहभागी हुने आयोजक समिति संयोजक बेदबहादुर गुरुङ(श्याम) ले जानकारी दिए । 

सम्मेलन उद्घाटनका दिन बिहान ११ बजे पोखराको मानवअधिकारचोक चिप्लेढुंगाबाट मौलिक भेषभूषा, झाँकीसहित बृहत र्याली प्रदर्शन गरि सभागृह हलमा पुगेर कार्यक्रममा परिणत हुने उनले बताए । 

कार्यक्रममा लामो समय तमु समुदायका लागि योगदान पुर्याएकी कर्म तमु, गोर्खा आन्दोलनको जिउँदो इतिहास पदमबहादुर गुरुङ, पोखराका पूर्व उपमेयर क्या. मानबहादुर गुरुङलाई सम्मान र तमु समुदायको आदिकवि स्व. हर्कबहादुर गुरुङलाई तमु भाषा, साहित्य र जनचेतना अभिवृद्धिमा योगदान पुर्याएवापत मृत्युपर्यन्त सम्मान गरिने संयोजक गुरुङले बताए । 

सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए । 



नयाँ