arrow

बालुवाटारमा कार्यदलको बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २६ आइतबार
5-parti-meet.jpg

काठमाडौँ । सत्ता साझेदार दलहरूको सिट बाँडफाँटको टुङ्गो लगाउन बनेको कार्यदलको बैठक शुरु भएको छ ।

बैठक ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको हो । 

आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधवार बाटै प्रतिवेदन लेख्न थालेको हो ।

प्रतिवेदनलाई अन्तिम रूप दिएर शीर्ष नेताहरूलाई बुझाइने बताइए पनि बैठकले अन्तिम रूप भने लिन सकेको छैन ।
 
सिट बाँडफाँट करिब करिब टुङ्गिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि सङ्ख्या सार्वजनिक गरिने बताइएको छ । 



नयाँ