arrow

द्रुतमार्गका आयोजना प्रमुखसहित पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
fast-track-wortk-in-progres.jpg

काठमाडौं । प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग आयोजनामा कानून विपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतवार बसेको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको हो । 

समितिले गत चैत १३ गतेको निर्देशनअनुसार छानबिन समिति गठन भएकामा त्यसले प्याकेज नम्बर ४ र ५ को ठेक्का सम्झौता सार्वजनिक खरिद ऐनको दफा २७ (३) बमोजिम नभएको पुष्टि गरेको थियो । समितिले पनि आयोजनालाई पटकपटक कानूनबमोजिम ठेक्का प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको थियो । 
    
रक्षा मन्त्रालयको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख एवं सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । यसअघि नै छानबिन समितिले प्रतिवेदन समितिलाई बुझाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ