arrow

विशेष विमानबाट अपराह्न झान्सु नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
lee-jhanshu-ली झान्सु.jpg

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपाल आउँदैछन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा झान्सुले आज नेपाल आउन लागेका हुन् ।

झान्सु आज अपराह्न विशेष विमानबाट काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
 
अध्यक्ष झान्सुले भदौ २७ देखि ३० गते नेपाल औपचारिक भ्रमणमा रहनेछन् । अध्यक्ष झान्सु यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ । 

आजै अध्यक्ष लीले सभामुख सापकोटासँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । आज साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनको प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन् ।
 
अध्यक्ष लीले मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।  बुधवार उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
 
त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ