- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।
बैठकमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्ने विषयमा छलफल भइरहेको छ । आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर गठबन्धन जान लागेको हो ।
आइतबार सिट बाँडफाँटका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका थिए ।
जारी बैठक सिट बाँँडफाँटमा केन्द्रित रहेको छ । कार्यदलले दिएको सुझावका आधारमा शीर्षनेताले सिट बाँँडफाँट गर्ने भएका हुन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची २ र ३ असोज र प्रत्यक्षतर्फको मनोनयन दर्ता २३ असोजमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
अहिले एक किसिमको सहमति गरेर समानुपातिकको सूची फाइनल भएपछि दलहरुले क्षेत्र तोकेर बाँडफाँट सार्वजनिक गर्ने कार्यक्रम बनाएको बुझिएको छ ।
गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा समझदारी बनाउन कार्यादेश दिएर २१ साउनमा ११ सदस्यीय कार्यदल बनाइएको थियो ।
एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो।
सो रिपोर्टका आधारमा शीर्ष नेताहरुले समझदारी जुटाएका हुन् ।
कार्यदलका एक नेताका अनुसार सहमति अन्तिम चरणमा पुगेको र यसलाई केही समयपछि सार्वजनिक गरिने छ ।