arrow

सपना केवल एमालेले मात्र पूरा गर्न सक्छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
kp-sharma-oli-pm.jpg

जनकपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सपना केवल एमालेले मात्र पूरा गर्न सक्ने बताएका छन् ।  धनुषामा बृहत् जनसभालाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना केवल एमालेले मात्र पूरा गर्न सक्ने बताए । 

आगामी निर्वाचन सामान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दैउनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक सङ्कटमा फस्ने दाबीसमेत गरे । 

अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै भने, “गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ, नेपालीले देखेको बताए ।

एमालेले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताए । आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने जिकीर गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने, “एमाले कसैसँग गठबन्धन गर्दैन ।” 

नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप उनले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी मात्र संसद्मा विधेयक आए आफ्नो पार्टीले सहज रुपमा पारित गर्न दिने स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ