arrow

प्रधानमन्त्री देउवासहित शीर्ष नेतासँग भेट गर्दै चिनियाँ सभामुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
lee-jhansu-agni-sapkota.jpg

काठमाडौं । चिनियाँ सभामुख ली झान्सुले प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दै छन् । 

तीन दिने भ्रमणका लागी सोमबार नेपाल भ्रमणका आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली, परराष्ट्रमन्त्री डा. नारायण खड्कासहित शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । 

नेता लीसँग राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले मङ्गलवार बिहान सङ्घीय संसद भवनमा भेटवार्ता गरेका छन् । लीले संसद भवनमै बिहान १० बजे प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष ओलीसँग भेट गर्नेछन्।

पौने ११ बजे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग भेट गर्ने कार्यसूची सार्वजनिक भएको छ । लीले केही समय संसद भवनमा अन्य सांसदसँग संवाद गर्ने कार्यक्रम छ ।

मङ्गलवार दिउँसो ३ बजे सभामुख लीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नेछन्। प्रधानमन्त्रीसँगको भेट अपराह्न ४ बजे हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ