arrow

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३० बिहिबार
Victor Pradhan Image (1).jpg

काठमाडौं । लेखक एवं उपन्यासकार भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ सार्वजनिक भएको छ । बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा समेटिएको उपन्यास वी रिडले बजारमा ल्याएको हो ।

कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।

बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । तर, कपिलवस्तु राज्यको उदय र पतनलाई समेट्दै लेखक प्रधानले बिशेष लेखन सार्वजनिक गरेका हुन् ।

उपन्यासमा बुद्ध झल्याकझुलुक देखापर्छन् तर यो बुद्धको जीवनी होइन । उनको वंश शाक्यहरूको विनाशको कथालाई प्रधानले आफ्नै शैलीमा लेखेका छन् । दासीपुत्रीलाई कपिलवस्तुका राजाले शाक्यपुत्री भनेर झुक्याएर कोशल राजा प्रसेनजितसँग विवाह गराएको र त्यो षड्यन्त्र राजकुमार बिडुडभले थाहा पाएपछिको घटनाक्रमलाई उपन्यासकारले रोचक तरिकाले प्रस्तुत गरेका छन् ।

कपिलवस्तुको पतनपछि बाँकी रहेका शाक्यहरू कहाँकहाँ पुगे? के बिडुडभले कोशलको साम्राज्य कायमै राख्न सके? आफ्नो वंशमाथि बिडुडभले आक्रमण गर्दै छन् भन्ने थाहा पाएका बुद्धले किन रोक्न सकेनन् युद्ध ? कुनै दिन कपिलवस्तु राज्य सिद्धिन्छ भन्ने लागेरै बुद्धले राजपाठ त्यागेका थिए त ? यस्ता अनेकौं प्रश्नमाथि उपन्यासले नयाँ कोणबाट बहस सिर्जना गरेको छ । इतिहासप्रति चाख राख्नेहरूका लागि उपन्यास थप महत्वपूर्ण बन्न सक्छ ।

उपन्यासकार प्रधान लामो समयदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय रहेका छन् । प्रधान नेपाली साहित्य समालोचना, नेपालीइतिहास-संस्कृति र नृवंशाक्षेत्रमा ४ दशकदेखि काम गरिरहेका प्रबुद्धव्यक्तित्व हुन् । 

उनी त्रिभुवन विश्वविद्यालयमा नेपाली भाषाका प्राध्यापक हुन् । उनीविभिन्न पत्रपत्रिका तथा प्रकाशन गृहमा नेपाली भाषाकासम्पादकका रुपमा सक्रिय छन् ।

मदन पुरस्कार गुठीका सदस्यसमेत रहेका प्रधानको नयाँ उपन्यास बिडुडभ र कपिलवस्तुको पतन १४८ पृष्ठको रहेको छ भने, यसको मूल्य २७५ रुपैयाँ राखिएको छ । देशका प्रमुख सहरमा पुस्तक उपलब्ध हुने प्रकाशन संस्था वी रिडले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ