arrow

विश्वशान्ति दिवसको अवसरमा १ सय ४५ जनाले गरे रक्तदान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १ शनिबार
blood-donate.jpg

काठमाडौं । विश्वशान्ति दिवस तथा मानव धर्म सेवा समितिका प्रणेता श्री सतपाल जी महाराजको पावन जन्मोत्सवको अवसरमा एक सय पैँतालीस जनाले रक्तदान गरेका छन् । समितिले भदौ ३१ र असोज १ गते वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो । 

भदौ ३१ गते गौशाला प्रहरी वृत्त अघि भएको रक्तदानमा ७१ जनाले गरेका थिए भने आज असोज १ गते समितिको केन्द्रीय कार्यालय हंस बोध आश्रम काठमाडौँमा भएको रक्तदानमा ७४ जनाले रक्तदान गरी जम्मा एक सय पैँतालीस जना पुगेका हुन् । कार्यक्रम लायन्स क्लब अफ काठमाडौं ब्राभोको सहयोगमा भएको थियो । 

'रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान' भन्ने उद्घोषका साथ समितिले देशव्यापी रक्तदान आयोजना गरेको थियो । जन्मोत्सवको अवसरमा देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान गरेका छन् । समितिले तीन दशक देखि निरन्तर रक्तदान गर्दै आएको छ । संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ । 

No description available.

साथै जन्मोत्सवको अवसरमा भएको कार्यक्रममा समितिकी केन्द्रीय प्रमुख महात्मा चमेली वाईजीले गायत्री मन्त्रलाई जानेर व्यवहारमा उतार्न प्रेरणा दिइन्। त्यस्तै शास्त्रले दिएको ज्ञानलाई सबैले सही उपयोग गरी हृदयमा भएको कालो बादल हटाउनुपर्नेमा पनि उनले जोड दिइन् । 

 'मनुष्य जीवनमा गुरुको आवश्यकता रहेको शास्त्रहरूमा उल्लेख छ। जो गुरुले अन्धकारबाट प्रकाशतिर लिएर जानुहुन्छ वहाँ सद्गुरु हुनुहुन्छ ।' कार्यक्रममा बोल्दै उनले भनिन्, 'यस्तो ज्ञान सद्गुरुले मात्र दिन सक्ने भएकाले सबैले आफ्नो जीवनमा सद्गुरुको खोजी गर्नुपर्छ ।'

साथै बाल सभाका कलाकारले नृत्य, नाटक लगायतका प्रस्तुति राखेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ