arrow

जितिया पर्व [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
_MG_7531.jpg

काठमाडौं । जितिया पर्व आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ । सप्तमी तिथिको उत्तरार्धमा व्रतालु महिला ओङ्गठन गर्ने गरिन्छ ।

व्रत बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

तिथिको समयमा हेरफेर भएको अवस्थामा व्रतालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात् करिब २९ घण्टा रहेको छ ।

सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पण गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन व्रतालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि व्रतालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् ।

पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी व्रतालुले आ–आफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ ।

SRG_0670.jpg
SRG_0608.jpg
SRG_0611.jpg
Jitiya Festival_Photo Sujan Gurung_MG_7547.jpg
_MG_7635.jpg
_MG_7606.jpg
_MG_7500.jpg
_MG_7531.jpg
_MG_7575.jpg
_MG_7569.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ