arrow

सर्वोच्चमा सुरक्षाकर्मी थपियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं । सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन हुनसक्ने सूचनाको आधारमा नेपाल प्रहरीले अदालतमा सुरक्षा व्यवस्था कडा पारेको छ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुने सूचना पाएपछि अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको हो । 

एमाले निकट विद्यार्थी सङ्गठन, वीर गोर्खाली अभियान र  १०० ग्रुपमा आबद्ध युवाहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालत वरपर अहिले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीश जबरामाथि संसद्मा महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । 

महाभियोग प्रक्रिया नटुङ्गिँदै सांसदहरूको कार्यकाल सकिएका कारण महाभियोग निष्क्रिय भएको जनाउँदै जबरा काममा फर्कन चाहेका थिए । जबरालाई बालुवाटारस्थित निवासमै बन्द गरिएको थियो । आइतबार सर्वोच्च अदालत जाने बताए पनि रोक्न बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर जबरालाई निवासबाट निस्कन रोक लगाइएको थियो । 

सो विषयलाई लिएर जबराको पक्षमा सङ्गठनहरूले प्रदर्शन गर्ने खोजेका हुन् । 

जबराविरुद्ध १ फागुन २०७८मा महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए । महाभियोग सिफारिस समितिले जबरामाथि महाभियोग लगाउन ९ आधार र २ सुझावसहितको प्रतिवेदन सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ