arrow

गठबन्धनमा सिट बाँडफाँट छिनोफानो बुधबार, सय बढी सिटको लाग्यो टुङ्गो  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
gathabandha-five-parties (1).jpg

काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल मंगलबार पनि टुंगो बिना नै सकिएको छ । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना सकिएको बैठक बुधबार टुङ्ग्याउने नेताहरुले बताएका छन् । 

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुनः छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए । 

मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । 

निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका हुन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।

सत्तारुढ गठबन्धनका नेताहरुले बुधबारसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् । 

१ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको सहभागी एक नेताले बताए । 
 



नयाँ