arrow

राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भयो : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
ramchandra-poudel2.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रणाली नै खतरामा पार्ने काम भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् ।

जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ।

'जन निर्वाचित सभाबाट अनुमोदन सहित प्रस्तावित विधेयकको संवैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु ।' पौडेलले लेखेका छन् । 

राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेर संविधानको गम्भीर उल्लङ्घन गरेकी छन् । 

संविधानको धारा ११३ को उपधारा (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनः विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ