arrow

राष्ट्रपतिको कदमपछि सत्ता गठबन्धनका नेता बालुवाटारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
baluwatar-pm-quarter.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । 
 
प्रतिनिधि सभा र राष्ट्रिय सभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरणका निम्ति पठाएको विधेयक राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धनको बैठक बसेको हो । 

संवैधानिक व्यवस्था अनुसार दोस्रो पटक संसद्का दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ । पहिलो पटक संसद्का दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले सन्देश सहित साउन २९ फिर्ता पठाएकी थिइन्।

संसद्को दुवै सदनबाट पास भएको उक्त विधेयक पुनः भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ