arrow

महेन्द्र पुस्तकालयमा साहित्यिक चर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
nepaljung-sahitya-mahendra-pustakalaya.jpg

नेपालगञ्ज । नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयमा आयोजित विशेष कार्यक्रममा प्रसिद्ध आख्यानकार सनत रेग्मीले पठन संस्कृतिको विस्तारका लागि ७५ वर्षअघि नेपालगञ्जमा पुस्तकालयको स्थापना गरिएको बताए ।

मंगलबार नेपालगञ्जमा आयोजना गरिएको कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष आख्यानकार सनत रेग्मीले पुस्तकालयको विभिन्न आयामहरूका विषयमा चर्चा गरे । 

कार्यक्रममा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीका कोषाध्यक्ष किरण थापाले पुस्तकालयलाई सेवा गुठीद्वारा प्रकाशित केही पुस्तकहरू प्रदान गरे । 

सोही अवसरमा थापाले, आख्यानकार सनत रेग्मीले प्रस्ताव गरेअनुरूप गुठीले आउँदो वर्षदेखि महेन्द्र पुस्तकालयको आयोजनमा ‘बद्रीविक्रम–माधुरी साहित्यिक व्याख्यान कार्यक्रम’ गरिने जानकारी दिए । 

उक्त अनौपचारिक छलफल कार्यक्रममा समकालीन साहित्यका विभिन्न पाटोहरूमाथि छलफल भयो । सो अवसरमा पुस्तकालयका अध्यक्ष बलराम यादव, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, मणि अर्याल, इन्द्र भण्डारी, खगेन्द्र गिरी कोपिला, पंकज श्रेष्ठलगायतले बोले ।

केही साताअघि मात्रै पुस्तकालयको नयाँ कार्यसमिति बलराम यादवको अध्यक्षतामा चयन भएको छ । पुस्तकालयको उपाध्यक्षमा पंकजकुमार श्रेष्ठ, सचिवमा मणि अर्याल, सह सचिव ऋचा लुइँटेल, कोषाध्यक्ष अजय टण्डन र सदस्यहरूमा मिना सुवेदी ढकाल, अस्मिता शाह महतरा, बृजेशबहादुर सिंह, सुनील भण्डारी, जमिल अहमद हासमी र वीपी अस्तु निर्वाचित भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ