पोखरामा स्कुटर दुर्घटना : बाबुको मृत्यु, छोरी गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
1.5k
Shares
पोखरा । पोखरामा गएराति बाबुछोरी सवार स्कूटर दुर्घटना हुँदा बाबुको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिकाका ५० वर्षीय बाबु बलबहादुर राई रहेका छन् भने घाइते हुनेमा १५ वर्षकी छोरी शोनी राइ रहेकी छन् ।
मंगलबार राति ८ बजे कास्कीको नौडाँडाबाट पोखरा आउँदै गर्दा हेमजामा उनीहरु सवार ग२२प ५३७० नम्बरको स्कूटर अनियन्त्रित भई डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि पोखरास्थित फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा बलबहादुरको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
शोनिकाको फिस्टेलमै उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । उनको अवस्था गम्भीर रहेपनि खतरामुक्त रहेको चिकित्सकले जनाएको डिएसपी तिवारीले बताए ।