arrow

मृतक तीनै जनाको सनाखत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
kapan-fire-2079.JPG

काठमाडौँ । गए राति बुढानीलकण्ठ नगरपालिका-११ लसुनटार कपनमा भएको आगलागीमा मृत्यु हुने तीन जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका-२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार  उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । कपनको लसुनटारस्थित इलाइट हिमालयन एडभेञ्चरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुलो बाल्नका लागि प्रयोग हुने पोर्टेबल ग्यास सिलिण्डर विष्फोट हुँदा आगलागी भएको थियो । 

उक्त घटनामा काठमाडौंको कपनका २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । दाँया हात, दुवै खुट्टा र अनुहारको दायाँ भाग जलेका उनको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरी प्रभाग कपन, जिल्ला प्रहरी परिसर काठमाडौं, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाएको थियो । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

आगो निभाउन बौद्ध रामहिटी, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाबाट, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ